+
+
-- Sponsored Ad --

जारी एमालेको विधान अधिवेशनमा आज समूहगत छलफल हुँदै, समूहका सुझाव समावेश गरेर सभामा प्रस्तुत गरिने

365 पटक हेरिएको
Clock २०७८ आश्विन १६, शनिबार ११:१३
-- Sponsored --

काठमाडौं । नेकपा एमालेको विधान अधिवेशनमा आज समूहगत छलफल हुँदैछ । हिजो सुरु भएको विधान अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।

सो प्रस्तावमाथि छलफल गर्न प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ । यसबाहेक विधान महाधिवेशन सञ्चालनका लागि अध्यक्षमण्डल गठन गरिएको छ । त्यसको सदस्यमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुवास नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् ।

यस्तै भीम रावलसहित सात सदस्यीय प्रस्ताव मस्यौदा कमिटी पनि गठन गरिएको छ । यसैगरी महाधिवेशनबाट आएका सुझाव अध्ययन कमिटीमा सात जना रहेका छन् । यो कमिटीले समूहगत छलफलबाट आएका सुझावलाई अध्ययन गर्ने नेताहरुले बताएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win