जारी एमालेको विधान अधिवेशनमा आज समूहगत छलफल हुँदै, समूहका सुझाव समावेश गरेर सभामा प्रस्तुत गरिने

काठमाडौं । नेकपा एमालेको विधान अधिवेशनमा आज समूहगत छलफल हुँदैछ । हिजो सुरु भएको विधान अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।

सो प्रस्तावमाथि छलफल गर्न प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ । यसबाहेक विधान महाधिवेशन सञ्चालनका लागि अध्यक्षमण्डल गठन गरिएको छ । त्यसको सदस्यमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुवास नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् ।

यस्तै भीम रावलसहित सात सदस्यीय प्रस्ताव मस्यौदा कमिटी पनि गठन गरिएको छ । यसैगरी महाधिवेशनबाट आएका सुझाव अध्ययन कमिटीमा सात जना रहेका छन् । यो कमिटीले समूहगत छलफलबाट आएका सुझावलाई अध्ययन गर्ने नेताहरुले बताएका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *