+
+
-- Sponsored Ad --

आइतबारकाे प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

329 पटक हेरिएको
Clock २०७८ फाल्गुन २१, शनिबार २१:२७
-- Sponsored --

काठमाडौं । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवायलका महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो ।

त्यसअघि विहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

पछिल्लो ६ महिनादेखि सांसदहरूले जनचासोका विषयमा राख्न पाएका छैनन् । नेकपा एमालेको अवरोधका कारण यस अवधिका सबै बैठकहरू निष्प्रभावी बन्दै गएका छन् ।

एमालेले आफूले कारबाही गरिएका १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेको भन्दै लगातार संसद बैठक अवरोध गर्दे आएको छ । यद्यपि महत्त्वपूर्ण भनिएका बजेट, एमसीसी लगायतका विषयहरू भने सरकारले अवरोधकै बीच पारित र अनुमोदन गर्दै गइरहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win