+
+
-- Sponsored Ad --

माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा १७ सदस्यीय घोषणपत्र तयारी समिति

540 पटक हेरिएको
Clock २०७९ भाद्र ४, शनिबार १७:५९
-- Sponsored --

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति बनाएको छ ।

शनिबार बसेको स्थायी समिति बैठकले घोषणापत्रको मस्यौदा तयार गर्न नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, विष्णु चौधरी, भीमा ढुंगाना र जगत शिम्खडा रहेको समिति गठन गरेको हो ।

उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार साझा घोषणापत्र तयारीका लागि सत्तारुढ गठबन्धनमा छलफल भइरहेको छ । तर पार्टीको तर्फबाट मस्यौदा निर्माणका लागि समिति गठन गरिएको उनले बताए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win