+
+
-- Sponsored Ad --

स्वास्थ्यप्रति नेताहरूको अत्यन्तै नकारात्मक हुँदा स्वास्थ्य प्रणाली कमजोर भयो– डा. मरासिनी (अन्तर्वार्ता)

1,063 पटक हेरिएको
Clock २०७८ बैशाख २५, शनिबार ०८:४०
-- Sponsored --

काठमाडौं । भाइरोलोजिष्ट तथा जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले स्वास्थ्यप्रति नेताहरूको अत्यन्तै नकारात्मक भइदिनाले नेपालको स्वास्थ्य प्रणाली नसुध्रिएको बताउनुभएको छ ।

ईमेज टेलिभिजनसँगको कुराकानीमा डा. मरासिनीले निर्वाचित नेताहरूले स्वास्थ्यमा बजेट राख्दा खेर जाने भन्ठानेकैले नेपालको स्वास्थ्य प्रणाली कमजोर भएको बताउनुभयो । कुनै पनि तहका सरकारले आजसम्म पनि स्वास्थ्यको विषयलाई प्राथमिकतामा नराख्दा समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

फरक प्रसङ्गमा डा. मरासिनीले अहिले देखिएको कोरोना भाइरस पहिलाको भन्दा ७० गुणा छिटो फैलिने बताउनुभयो । संक्रमण फैलिने दर तीव्र भएकाले पनि नेपालका अस्पतालहरूमा शय्या अभाव भएको उहाँले जानकारी दिनुभयो ।

अहिलेको भाइरस किन खतरा छ ? नियन्त्रणको लागि सरकारले गरेका पहलहरू कति प्रभावकारी छन् ? लगायतका विषयमा ईमेजकर्मी मीरा बस्नेतले डा. मरासिनीसँग कुराकानी गर्नुभएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win