+
+
-- Sponsored Ad --

भोकभोकै सडकमा न्याय कुरिरहेकि एक नारि

479 पटक हेरिएको
Clock २०८० श्रावण १७, बुधबार १५:४२
aarati aart
-- Sponsored --

एनसञ्चार संवाददाता, साउन १७, नवलपुर : गत फाल्गुन तिरको घटना थियो; २ दिन अगाडि काठमाण्डौको नयाँबानेश्वर स्थित संसदभवन अगाडिबाट दुईजना महिलालाई प्रहरीले पक्राउ गर्यो । निषेधित क्षेत्रमा आएर प्रदर्शन गर्न खोजेको उनिहरुलाई आरोप थियो ।

aarati

आरति रावल गिरिलाई प्रहरीले पक्राउ गरेर लैजाँदै

त्यसरि प्रहरीले पक्राउ गरेका दुई महिला थिए विनु यादव र आरति गिरि । विनु यादव र आरति गिरि दुवैले आँफु यौन हिंसाको सिकार भएको भन्दै न्यायको खोजिमा थिए ।

binu

विनु यादव

पक्राउको समाचार आएको सायद २ दिन पछि आरति गिरि रुँदै हाम्रो कार्यालयमा आएकि थिईन् त्यतिनैबेला हाम्रो पहिलो भेट भयो । करिब डेढ घण्टा जति उनको बिलौना सुन्यौ ।

आरतिको कथा :-

गाउँमै आफ्नी आमा र भाईसँग बसेर सानो व्यवसाय सञ्चालन गरिरहेकि आरति रावलको जग्गाको कारोबारका सिलसिलामा कपिलवस्तु जिल्ला अदालतका श्रेस्तेदारको रुपमा कार्यरत भुवन गिरिसँग भेट हुन पुग्छ । छोरा जन्मिईसकेर पनि श्रीमतिसँग कानुनि रुपमा सम्बन्ध विच्छेद् (डिभोर्स) गरेर बसेका भुवनले विभिन्न बहाना बनाएर आरतिलाई शारिरिक शोषण गर्न खोज्छन् ।

aaa1

भुवन गिरि

अन्य बहानाहरु प्रभाव हिन भएपछि श्रिमति बनाएर छुट्टै संसार बसाउने सपना देखाउँछन् । बैस उमेरले नेटो काट्न लागिसकेको त्यो बेला, गरिबि र विभिन्न समस्यालाई झेल्दै हुर्किरहेको आरतिको विगत यि सबै यथार्थताका विच भुवनको कुराले आरतिले पनि सहमति जनाउछिन् । कानुनि रुपमा भुवनले आरतिलाई श्रीमतिको स्थान त दिन्छन् तर व्यवहारिक रुपमा भने आरति भुवनको यौन प्यास मेटाउने साधन मात्रै बन्न पुगिन् ।
आरतिको मन्जुरि बिना नै दिनमै ४,५ पटक सम्म पनि भुवनले शोषण गर्ने गर्थे । पेटमा बच्चा बसेको थाहा पाएपछि उक्त बच्चा जबरजस्ति फाल्न लगाए भुवनले । पिँजडामा थुनेको पन्छि जस्तै, घरको कोठा भन्दा बाहिरि दुनियासँग सम्पर्क विहिन जस्तै बनाएर, पटक पटक शोषण गरिरहेका भुवनको कैदबाट अचानक एकदिन आरति फरार हुन्छिन् ।
भुवन उक्त समय सम्म श्रेस्तेदारबाट जिल्ला न्यायाधिस बनिसकेका हुन्छन्, विभिन्न ठाउँमा सरुवा हुँदा आरतिलाई पनि भुवनलेसँगै लिएर गए तर जहाँ लगे यौन प्यास मेटाउने साधनको रुपमा मात्रै प्रयोग गरे । कहिल्यै आरतिको भावना सुन्ने बुझ्ने कोषिश गरेनन् । एकदिन भुवन काममा गएको मौका छोपि, अब यो यातनाबाट मुक्त हुन्छु भन्ने अठोट लिएर आरति पिँजडाबाट निस्किईन् । आरतिले बुढि आमाको सहयोगमा जिल्लामै भुवन विरुद्ध उजुरि दिने प्रयत्न गरिन् तर जिल्लाको प्रहरीले न्यायाधिस बनिसकेका भुवन विरुद्धको उजुरि दर्ता गर्न नमानेपछि काठमाण्डौ आईन् र आँफुजस्तै पिँडित दिदिबहिनि र अन्य समाजका केहि असल मान्छेहरुको सहयोगले भुवन विरुद्ध लड्न सुरु गरिन् ।

(आरतिको कथा : आरति रावल गिरिले हामिलाई बताएको आधारमा संक्षिप्त रुपमा लेखिएको हो ।)

२०७९ साल मंसिर २ गते कपिलवस्तु जिल्लाको न्यायाधीश समेत रहेका आफ्नै श्रीमान भूवन गिरीविरुद्ध बैवाहिक यौन हिंसाको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पुगेको र न्यायाधीशविरुद्धको उजुरी भएका कारण प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको आरतिको आरोप थियो ।

bhuwan

तत्कालिन कपिलवस्तु जिल्ला न्याधिस भुवन गिरि

आरतिको कुरा सुनेपछि उनले बैवाहिक बलात्कारको आरोप लगाएको कपिलवस्तु जिल्लाका तत्कालिन न्यायाधिस भुवन गिरिलाई पनि हामिले टेलिफोन सम्पर्क गर्यौँ र दुबै पक्षको कुरा सुनिसकेपछि एक रिपोर्ट बनायौँ ।
न्यायाधिस भुवन गिरि दोषि थिए वा थिएनन् त्यो अदालतको विषय थियो हामिले जे जस्तो प्रमाण भेट्यौँ त्यसकै आधारमा रिपोर्ट प्रस्तुत गर्यौँ । रिपोर्ट सार्वजनिक भएको केहि दिनमै कायममुकायम न्यायाधिस हरिकृष्ण कार्कीले गिरिलाई जिम्मेवारी विहिन बनाएर न्यायपरिषद्मा तानेका थिए । सर्वाेच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले गिरीलाई न्याय परिषदमा हाजिर गराइएको पुष्टि गरेका थिए ।
न्यायसम्पादनको कामबाट जिम्मेवारी मुक्त गरिएका गिरी विरुद्ध उनकी पत्नी आरती रावल गिरीले आफूमाथि वैवाहिक बलात्कार, घरेलु हिंसा, अपहेलना गरेको भन्दै परिषदमा उजुरी दिएकि थिइन् । उक्त उजुरीमा गिरीमाथि छानबिन चलिरहेकै बेला जिल्ला अदालतमा रहँदा न्याय प्रभावित हुनसक्ने भन्दै गिरीलाई न्याय परिषद् तानिएको प्रवक्ता ढकालको भनाई थियो ।
पछि पूर्व जिल्ला न्यायाधिस गिरिलाई प्रहरीले पक्राउ पनि गर्यो । २०७९ चैत २८ गते गिरि काठमाडौंमा रहेकाले पक्राउ गरेर कपिलबस्तु पठाईएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पवन भट्टराईले बताएका थिए ।
उता पूर्व न्यायाधिस गिरिले पनि आरति विरुद्ध सरकारि कागजात किर्ते गरेको आरोप लगाए, भुवनले आरतिलाई अनेकन आरोपमा कयौँ पल्ट जेलसम्म पुर्याएको आरतिको भनाई थियो ।

अहिले भने भुवन गिरिलाई अदालतले धरौटिमा रिहा गरेको र आँफुले पाउनु पर्ने न्याय नपाएको भन्दै आरति रावल गिरि विगत ४० दिन देखि आमरण अनसनमा बसेकि रहिछन् ।

aaratiii2

अनसनरत आरति

यो लेखनलाई कसैले समाचार बुझ्ला या अरु केहि…, तर यति कुरा यसकारण पनि म लेख्दैछु कि आरति जसको आँशु र बिलौनामा मैले यो देशका हजारौँ नारिहरुलाई देखिरहेको थिएँ ….।
नारिलाई खेलौनाकै रुपमा मात्रै प्रयोग गर्न चाहाने मैमत्त साँडेहरुको बिचमा आरतिले मलाई एकदिन भनेकि थिईन्,  “अन्यायको विरुद्ध बोलिदिने पत्रकारहरु भेटिनै छाडे, मैले धेरैलाई बिलौना सुनाएँ तर कहिँ कतैबाट सुनुवाई भएको आभास भएको थिएन, तपाईँको साथको कारण त्यो अपराधि(आरतिको भाषामा) लाई प्रहरीले पक्राउ गर्यो, धन्यवाद भाई ।”

aarati

आरतिले लेखकलाई म्यासेन्जरमा दिएको धन्यवाद

यो धन्यवादको हकदार म थिएँ या थिईन ..निर्णय छन् भने भगवाननै गरुन् । तर न्यायकै निम्ति यतिका दिन सम्म आमरण अनसन बस्दा पनि सुनुवाई नहुने यो देश र यहाँको व्यवस्थासँग सायद कोहि नागरिक सन्तुष्ट होलान् ।
आरति रावल गिरि र पूर्व जिल्ला न्यायाधिस रहेका भुवन गिरि त मात्र उदाहरणिय पात्र हुन् यस्ता पात्रहरु धेरै घरका भित्ता भित्र कोहि लुकेका छन् त कोहि गुम्सिएका ।
जबसम्म शत्ता र शक्तिको आडमा कानुनलाई आफ्नो मर्जिले परिभाषित गर्ने परिपाटिको अन्त्य कानुनमै लेखिँदैन तब सम्म हजारौँ आरतिहरु भोकभोकै सडकमै न्यायको नाउँमा मृत्यु पर्खन बाध्य भैरहनेछन् ।

 

 

 

 

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win