+
+
-- Sponsored Ad --

विप्लवका नेता कार्यकर्ताविरुद्धको सबै मुद्दा खारेज गर्ने सरकारको निर्णय

310 पटक हेरिएको
Clock २०७९ भाद्र ३०, बिहीबार १७:२१
-- Sponsored --

काठमाडौं : सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरूद्ध लगाइएको मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको  मन्त्रिपरिषद्‌ बैठकले मुद्दा खारेज गर्ने निर्णय नेकपाका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरेर बताएका छन्। 

सरकारको निर्णयको स्वागत गर्दै भनेका छन्, ‘देउवा सरकार तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, कार्यान्वयनको प्रकृया तदारूकताका साथ अगाडी बढाउने र मुद्धा खारेजीका सम्वन्धमा मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दा हरूलाई यथाशिघ्र फर्छ्योट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने भनी भएको सहमति २०७९ भाद्र २७ गते बेलुकी बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ।’

सरकार र नेकपाबीच भएको सहमतिलाई कार्यान्वयन गर्न मन्त्रीपरिषद्ले गरेको उक्त निर्णयले तिन बुँदे सहमति कार्यान्वयनलाई गुणात्मक प्रदान गरेको उल्लेख गरेका छन्।

नेकपा र तत्कालिन केपी ओली नेतृत्वको सरकारबीच २०७७ फागुन २१ गते तीन बुँदे सहमति भएको थियो। तर, सहमति भएको पाँच महिनासम्म चलेको ओली सरकार सहमति कार्यान्वयन नगरेको उल्लेख गरेका छन्। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win