0 प्रतिक्रिया
शंकास्पद व्यक्ति चढेको आशंकामा मुम्बई उड्न लागेको विमान रोकियो, १ जना पक्राउ
१८ साउन, काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजाँच गरेको हो ।
उक्त विमानमा चढेका एक यात्रुलाई नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बताए । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्रबहादुर धानुकले भने ‘हेडक्वार्टरबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले चेकजाँच गरिरहेको छ, विस्तृत सूचना आउन बाँकी छ।’
‘सुन तस्करीमा संलग्न शंकास्पद एक जना व्यक्ति विमानमा चढेको भन्ने सूचना थियो, प्रहरीले नेपाल एयरलाइन्सलाई आग्रह गरेर विमान रोकेको हो,’ उनले भने, ‘सबै चढिसकेका यात्रुलाई झारिएको छ ।’ फेरि विमान मुम्बई उडाउन बोर्डिङ भइरहेको ठाकुरले बताए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




