दीपेन्द्र रेग्मी, कावासोती ।
शुन्यतामा परिणत हुने तर्खर गरिरहेको गाउँ र वृद्धवृद्धा र ससाना बालबच्चाको बस्ने थलो बनिरहेको घर, छोड्ने मन नहुँदा नहुँदै…., आफ्ना ईच्छ्या, चाहानालाई तिलाञ्जलि दिएर……, जीवनको आवश्यकता पूर्तिकालागि विदेशिनै पर्छ सोँचि फेरी अर्को युवा परदेशि बन्ने निधोमा पुग्यो …….।
देशमा केहि हुँदैन, यहाँ बसेर आफ्नो ज्यान पाल्न पनि सकिँदैनः किशोरअवस्थावाट नै यहि वाक्यांस चारैतिरबाट सुनिरहेको त्यो युवा, परदेशमा पुगेर निक्कै कष्ट र मिहिनेतले एउटा सिप सिक्ने अवसर प्राप्त गरे । आफ्नो भन्ने एक शरिर त्यहि कष्टपूर्ण मिहिनेतको थोरै आर्थिक लाभ बाहेक अरु केहि देख्न र भोग्न नसकेको ति युवा, परदेशमा अरु कसैकोलागि मरिमेट्नु भन्दा यहि सिप प्रयोग गरि स्वदेशमै मिहिनेत गर्छु, अर्काको गुलामि गर्दिन भन्ने अठोट बोकि नेपाल फर्किए ।
अरुको गुलामि गर्दिन भनेर नेपाल फर्किएको समय संसारभर कोभिड १९ अर्थात कोरोनाले आक्रान्त बनेको थियो, देश भित्र सधैँ जस्तै राजनैतिक अस्थिरता थियो, कोरोनाले सिथिल बनाएको विश्व अर्थतन्त्रका कारण कयौँ कम्पनिहरु बन्द भैरहेका थिए भने लाखौँँ व्यक्ति वेरोजगार बनेका थिए ।
अन्यौलताकै विच उनले आँट गरे….., आफुले जानेको सिपको सदुपयोग गरि मिहिनेत गरेपछि पेट पाल्नकैलागि त पक्कै अरुको मुख ताक्नु नपर्ला भन्ने सोँचि चिया पसलहरु बग्रेल्ति भेटिने जिल्लाको कावासोती बजारमा तितो कफिमा मिठास भरेर मायाँ पस्कने संकल्प सहित सुरु भयो सफल बेकरि ……..।
नवलपुरको कावासोती नगरपालिका वडा नं. २ कुमारवर्ति रोडमा छ सफल बेकरि ।
परिस्थितिले केहि वर्ष रोजगारिकालागि विदेश गएका मदनले बेकरी बनाउन सिक्दै गर्दा सोँचेका रहेछन्, ओभनहरूबाट निस्कने क्रिस्पी ब्रेड र स्वादिष्ट पेस्ट्रीहरू आफ्नै हातले बनाएर आफ्नै गाउँलेहरुलाई खुवाउन पाए कस्तो हुन्थ्यो होला……।
वर्षौंसम्मको संघर्षपछि हातमा सीप, मनमा आशा, र थोरै पूँजी बोकेर उनी फर्किएका मदन अहिले एक उदाहरणीय व्यवसायि मात्रै बनेका छैनन्, उनले कतिलाई रोजगारि दिएका छन्, त कयौँलाई जिवन जिउने सिप पनि बाँडिरहेका छन् ।
सुरुवातमा बिहानको चिसोमा आटा मुछ्दा, थकित हुने हातहरुलाई अहिले भने मेसिनको प्रयोगबाट सहजता मिलेको छ …।
सबैले चिया बेचिरहेको ठाउँमा तितो कफि पिलाउने उद्येश्य आँफैमा चुनौति पूर्ण थियो….., विषेश तः पछिल्लो समयको जेन्जि पुस्ताको रोजाई बन्दै गएको कफि अचेल सबैको प्रिय पिय पदार्थ बनेको छ, अझ जाडो मौसममा शरिरलाई गर्मि प्रदान गर्नेहुँदा पनि कफि सबै उमेर समुहको प्रिय मात्र बनेको छैन, देश विदेशका विभिन्न ठाउँमा पुगेकाहरुपनि नेपाल फर्कदा सफल बेकरी कै कफि पिउन आउने गरेका छन् ।
भर्खर भर्खर गाउँबाट शहर बन्दै गरेको कावासोतीकालागि उनले जसरी कफिलाई प्रिय बनाए उस्तै प्रिय बनाए बर्गरहरु, केकहरु पनि ।
प्रत्येक ब्रेडमा उनले मसलामात्रै होईन आत्मिएता, आफ्नो स्थानिय माटो र मातृभूमिको स्पर्श समेत दिए । परिक्षण गरेर, स्वास्थ्यकोलागि खान योग्य र ताजा वस्तुहरु मात्रै ग्राहकलाई पस्किए ।
सफल बेकरी अब मात्र एउटा पसल छैन, यो त एउटा सानो संसार बनेको छ, त्यहाँ उत्पादित विभिन्न परिकारहरु नवलपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटककोलागि समेत प्रथम रोजाई बनेको छ ।
मदन अहिले नै आँफुलाई सफल व्यवसायि हुँ भन्न त चाहान्नन्, तर सफलताको परिभाषा नै सन्तुष्टि हो भने आँफु सफल रहेको बताउँछन् । उनले त्यहाँ उत्पादित सामाग्रिहरु केहि विषेश होटलहरुलाई दिने मात्रै दिने गरेको भएपनि यसलाई विस्तारै बढाउँदै लाने योजनामा रहेको समेत बताएका छन् ।