+
+
-- Sponsored Ad --

पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो

246 पटक हेरिएको
Clock २०७९ माघ १, आईतवार १५:०२
-- Sponsored --

काठमाडौं : पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट ३५ जनाको शव निकालिएको छ। आज काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।

हाल उद्धार कार्य भइरहेको र घटनास्थलबाट ३५ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। आज काठमाडौंबाट पोखरा गएको यो विमान अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटना भएको हो।

काठमाडौं १०ः२५ मा उडेको यो विमान पोखरामा ११:१० दुर्घटना भएको हो। विमान दुर्घटना हुनुको कारण अझैसम्म खुल्न सकेको छैन।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win