माघ १९ प्रकरण : ज्ञानेन्द्रको त्यो ‘कू’, कसले के भनेका थिए ?

काठमाडौं । आज माघ १९ गते । प्रजातन्त्रवादीहरुले आजको दिनलाई कालो दिनको सम्झिने गरेका छन् । २०६१ साल माघ १९ गते अर्थात् आजकै दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अपदस्त गरि शासन सत्ता आफ्नो हातमा लिएका थिए ।

राजाले देउवा नेतृत्वको सरकारले नागरिकलाई बचाउने किसिमको कदम चाल्न नसकेको र देशमा निर्वाचन गराउन नसकेको आरोपसहित अपदस्त गरेका थिए । ‘म मेरा दाजुले जस्तो राजनीतिलाई चुपचाप हेरेर बस्दिन’ भन्दै ज्ञानेन्द्रले बेला बेला भन्ने गरेको भनाइले राजाले केही अप्रीय कदम चाल्न सक्छन् भन्ने शंका सबैमा थियो । आशंकाकै बिचमा राजा ज्ञानेन्द्रले देउवा नेतृत्वको सरकारलाई अपदस्त गरी ३ वर्षका लागि शासनसत्ता आफ्नो हातमा लिएको घोषणा गरेका थिए ।

उनले शासन सत्ता आफ्नो हातमा लिँदै टेलिफोन लाइन काट्नेदेखि सञ्चारमाध्ययमहरुलाई सेनाको नियन्त्रणमा राख्नेसम्मका कदम चाले । साथै प्रमुख राजनीतिक दलका नेताहरुलाई घरमै नजरबन्द गरेका थिए । राजाको उक्त कदमले प्रजातन्त्रमाथि हनन भएको भन्दै विश्वले उनको निन्दा गरेको थियो ।
राजाको उक्त कदमको सबै भन्दा पहिला मित्र राष्ट्र भारतले निन्दा गर्दै राजनीतिक दलहरुलाई संविधानमा दिइएको अधिकार प्रत्याभुुत गर्न पाउनुपर्ने माग राखेको थियो ।

सो क्रममा भारतको विदेश मन्त्रालयले राजाको उक्त कदमले स्थापित राजनीतिक दलहरुलाई प्रत्यक्ष द्न्दमा पुर्याएको प्रतिकृया दिएको थियो ।
भारतले नेपालमा भएको घटना प्रजातन्त्रमाथिको चोट भएको बताउँदै घरमा नजरबन्द गरिएका राजनीतिक बन्दीहरुको सुरक्षाको माग समेत गरेको थियो ।

त्यस्तै ब्रिटिस विदेश मन्त्रालयले पनि नेपालमा भएको राजनीतिक घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै विदेशमन्त्री अलिक जेन्डर डग्लर्सले राजाको कदमले प्रजातान्त्रिक संस्था र संवैधानिक राजतन्त्रको अवमूल्यन भएको बताउँदै यसले नेपालमा राष्ट्रियतामाथि खतरा बढेको बताएका थिए ।

त्यसैगरी हङ्कङस्थित एसियाली मानवअधिकार आयोगले सैनिक परिचालन र टेलिफोन लाइन काटेर संचारमा लगाइएको प्रतिवन्धप्रति चिन्तित रहेको उल्लेख गरेको थियो ।

‘आतंकवादले तेर्स्याएको एक दलीय निरशंकुसताको चुनौतीलाई निस्तेज गर्न गम्भीर प्रयास हुनै सकेन । राष्ट्रिय सुरक्षाका विषयमा मुलुकको टिप्पणी गर्ने बानी हटेन । देश र जनताको सुरक्षाको लागि रातदिन क्रियाशील रहने सुरक्षा निकायहरुका कत्तव्यनिष्ठ अधिकार तथा जवाहरुको देशभक्तिको प्रयासमा बल पुर्याउने जिम्मेवारी राजीतिक दलहरुमा देखिएन । देश र जनताविरुद्ध चलिरहेको विनाशको दुष्कर्मलाई सदाका लागि अन्त गर्ने बहुदलीय प्रजातन्त्रवादीहरु देशहीतको बिन्दुमा निष्ठापूर्ण एकता हुन सकेन ।’ तत्कालिन राजा ज्ञानेन्द्रले भनेका थिए ।

राजाबाट शेरबहादुर देउवालाई तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त गरिएको ८ महिना मात्र भएको थियो । देउवालाई त्यसअघि पनि बर्खास्त गरिएको थियो । देउवाले माओवादीसँग शान्ति वार्तागरि चुनाव गराउने म्याण्डेड पाएका थिए । तर देउवाले आफ्नो पछिल्लो सम्बोधनमा श्री ५ ले निर्वाचनको तयारीका लागि केही पनि नगरेको भन्दै कटाक्ष गरेका थिए । देउवासँग राजा असन्तुष्ट रहिरहेका बेला देउवाको उक्त बचनले ज्ञानेन्द्रलाई त्यस्तो कदम चाल्न मसला पुगेको राजनीतिक विश्लेषकहरुले बताएका थिए ।

राजाको उक्त कदमपछि वरिष्ठ राजनीतिज्ञहरुलाई घरमै नजरबन्द गरिएको थियो । सडकमा सेनाका ट्यांकहरु चलाइएको थियो भने कसैलाई पनि घरबाहिर ननिस्किन भनिएको थियो ।

तत्कालिन नेकपा कम्युनिष्ट पार्टी एमालेका महासचिव माधवकुमार नेपालले राजाको उक्त कदमको भर्सना गरेका थिए । राजनीतिक दलहरुलाई नजरबन्द गर्नेदेखि टेलिफोन लाइनहरु काटिनु राजाका लागि थप चुनौती थपिनुरहेको टिप्पणी गरेका थिए ।

यता नेपाली कांग्रेसका तत्कालिन महामन्त्री स्वर्गीय शुुसिल कोइरालाले पनि राजाले गरेका विभिन्न गलत कदम सच्याउनका लागि आन्दोलन गरिरहेका बेला राजाको कदमले आन्दोलन थप हुने बताएका थिए ।

०४६ सालको जनआन्दोलनको उपब्धीलाई स्वीकार गर्दै त्यसलाई सक्रिय तुल्याउन संसद पुनर्स्थापना गर्ने माग राखेको बताएका थिए ।

नेपाली कांग्रेसले संवैधानिक राजतन्त्र मान्दै आएकोमा राजाको कदमले गणतन्त्र स्थापना गर्ने बाटो खोलिएको बताएका थिए ।

‘अब आन्दोलन झन चर्किएर जान्छ । कुनै किसिमले बन्देज लगाएर, सशस्त्र प्रहरी बल लगाएर सबै कुरा निस्तेज पार्न खोजिएको छ । तर अब आन्दोलन झन तिब्र भएर जान्छ । नेपाली कांग्रेसले संवैधानिक राजतन्त्र भन्दै आएको पार्टी हो । आजसम्म मान्दै आएको पार्टी हो । अब राजाले नै यस्तो अवस्था सिर्जना गरेका छन्, अब जनताले नै सडकमा आएर गर्नेछन् ।’ कोइरालाले भनेका थिए ।

नेपाल टेलिभिजन र रेडियो नेपाल बाहेक अन्य सञ्चारमाध्ययमलाई बन्देज लगाइएको थियो । दुरसञ्चार र अन्य सञ्चारमाध्यमहरुमा सेनाको घेरामा रहेका थिए । सुरक्षाकर्मीहरु सरकारी गाडीहरु लिएर सडकमा तैनाथ रहेका थिए ।

तत्कालिन समयमा नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीले राजाको उक्त कदम अनपेक्षित नरहेको बताएका थिए । राजाको केही व्यवहारले केही अप्रीय कदम चाल्न सक्ने शंका रहेकाबेला राजाले चालेको कदम अनपेक्षीत नरहेको उनको तर्क थियो । पहिलोपटक देउवालाई चुनाव गर्न नसकेको भनेर राजाले अपदस्त गरेको प्रति कटाक्ष गर्दै स्वर्गीय गिरीले यदी देउवा चुनाव गर्न असक्षम भएको भए आफैँ चुनाव गरेर किन नदेखाएको भन्दै प्रश्न गरेका थिए ।

त्यस्तै देउवाले चुनाव गर्न नसकेको भनेर आलोचना गर्ने राजाले आफैँले नियुक्त गरेका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले चाँही किन निर्वाचन गर्न नसकेको भनेर प्रश्न गरेका थिए ।

जतिबेला राजाले शासन सत्ता आफ्नो हातमा लिएका थिए, त्यतिबेला देशमा माओवादीको द्धन्द उत्कर्षमा पुगेको बेला थियो । ०५२ सालबाट माओवादीले थालेको सशस्त्र द्धन्दको नेतृत्व गरिरहेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वक्तव्य जारी गर्दै ज्ञानेन्द्रको घोषणालाई आफ्नो पार्टीले सम्पूर्ण रुपमा खारेज गरेको प्रतिक्रिया दिएका थिए । भूमिगत अवस्थामा रहेका प्रचण्डले संविधान सभा र लोकतन्त्रीक व्यवस्थाका लागि सामन्ती गिरोहविरुद्ध देशव्यापी विरोध गर्न सबै राजनीतिक दल, नागरिक समुदाय र अन्यलाई आन्दोलनमा सरिक हुन आग्रह गरेका थिए । भने ३ दिनसम्म नेपाल बन्दको घोषणा समेत गरेका थिए ।

त्यस्तै राजाले बर्खास्त गरेपछि देउवाले राजाको उक्त कदम प्रजातन्त्रविरोधी रहेको भन्दै राजाको कडा आलोचना गरेका थिए ।

ब्रिटेनले पनि राजाको कदमले नेपालमा संवैधानिक राजतन्त्रमा नकारात्मक धक्का पुगेको बताएको थियो । साथै देशमा शान्ति स्थापनाका लागि राजासहित सबै राजनीतिक दलले संयमता अपनाउन समेत आग्रह गरेको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 11 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:०८
    • 22 views
    अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

    काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *