+
+
-- Sponsored Ad --

उपसभामुखमा कांग्रेसको उम्मेदवार मुक्ता यादव

315 पटक हेरिएको
Clock २०७९ माघ ६, शुक्रबार १४:५२
-- Sponsored --

६ माघ, काठमाडौैं ।  नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

यादवलाई उप सभामुखको उम्मेदवार बनाउन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो ।

धनुषाकी यादव समानुपातिक सांसद हुन् । १४औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् ।

संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ।  उपसभामुखको चुनाव भोलि हुँदैछ ।

यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win