+
+
-- Sponsored Ad --

संसद भवन अगाडिको बीच सडकमै एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

259 पटक हेरिएको
Clock २०७९ माघ १०, मंगलवार १७:२५
-- Sponsored --

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडकमै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

मंगलबार संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निस्कनेबित्तिकै ती व्यक्तिले आत्मदाहको प्रयास गरेका हुन् । उनले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका प्रहरीले जनाएको छ । आत्मदाह गर्न खोज्ने व्यक्ति इलामको पन्चकन्या ६ स्थायी घर भएका ३६ वर्षीय प्रेम प्रसाद आचार्य रहेका छन् ।

घाइते उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका पुर्याइएको छ । घटनाको कारणबारे केही खुलेको छैन । यसबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ । आचार्यले सडकको बीचमै आत्मदाहको प्रयास गरेका थिए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win