माओवादीको निष्कर्ष : सीसीएमसी खारेज, सर्वपक्षीय संयन्त्र निर्माण

६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना महामारी रोकथाम, उपचार तथा नियन्त्रणका निम्ति छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टीको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।

यो संयन्त्र प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म निर्माण हुने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए । ‘वडा तहसम्म नै संयन्त्र बनाएर महामारी रोकथाम, उपचार तथा नियन्त्रणमा पार्टी परिचालित गर्छौं’, उनले भने । माओवादी केन्द्रले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को खारेज गर्नुपर्ने माग राख्ने पनि निर्णय गरेको छ  ।

‘सीसीएमसीको त कामै छैन । यसले कुनै राम्रो काम गरेन । अनियमितता र भ्रष्टाचारका निम्ति बनेको संयन्त्र बन्न पुग्यो,’ नेता पोखरेलले भने ।

सीसीएमसीले महामारी रोकथाममा काम गर्न नसकेकाले माओवादी केन्द्रले सर्वपक्षीय संयन्त्र निर्माण गर्ने निर्णय पनि गरेको छ । सर्वपक्षीय संयन्त्रमा दलहरु, सरोकारवाला लगायत हुनेछन् । साथै महामारी रोकथामका लागि माओवादी केन्द्रले कोष समेत निर्माण गर्ने भएको छ । केन्द्रीय कोष बनाएर महामारी रोकथाममा सक्रिय हुने बैठकले निर्णय गरेको छ ।

माओवादीले सरकार कुटनैतिक पहलकदमीमा पनि असफल भएको निष्कर्ष निकालेको छ । महामारी रोकथाम तथा उपचारका निम्ति कूटनीतिक पहल लिन नसकेकाले माओवादी केन्द्रले यसतर्फ पनि पहल गर्ने भएको छ । सँगै, कृषि उत्पादनलाई बजारसम्म लैजाने र जनजीवनलाई सहज बनाउन पार्टी पंक्ति परिचालित हुने भएको छ । त्यसका लागि केन्द्रदेखि स्थानीय तहसम्म स्वयम् सेवक दस्ता निर्माण गरिने पोखरेलले बताए ।

आफ्नै पार्टी कोषबाट अक्सिजन प्लान्ट निर्माणको पहल पनि गर्ने माओवादीले निर्णय गरेको छ । त्यसका लागि स्थानीय तहमा आफ्नो तर्फबाट निर्वाचित जनप्रतिनिधिको सहयोग र परिचालन गरिने भएको छ । यी सबै काम र निर्णयहरुको जानकारी सरकारलाई चाँडै दिने निर्णय भएको पोखरेलले बताए ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *