काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडकमै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।
मंगलबार संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निस्कनेबित्तिकै ती व्यक्तिले आत्मदाहको प्रयास गरेका हुन् । उनले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका प्रहरीले जनाएको छ । आत्मदाह गर्न खोज्ने व्यक्ति इलामको पन्चकन्या ६ स्थायी घर भएका ३६ वर्षीय प्रेम प्रसाद आचार्य रहेका छन् ।