+
+
-- Sponsored Ad --

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

226 पटक हेरिएको
Clock २०८० जेष्ठ ७, आईतवार १४:३५
-- Sponsored --

७ जेठ, काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकार, कर्मचारी र कामदारहरूको न्यूनतम तलबमान ४० प्रतिशतले बढाउन सिफारिस गरेको छ ।

आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई समितिकी अध्यक्ष संगीता खड्काले श्रमजीवी पत्रकारको न्यूनतम तलब वृद्धिको सिफारिस सहितको प्रतिवेदन बुझाएकी हुन् ।

समितिले श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको तलबमान मासिक ३४ हजार १२५ रुपैयाँ पुर्याउन सिफारिस गरेको छ । यसअघि उनीहरुको तलबमान मासिक २४ हजार ३७५ रुपैयाँ थियो ।

यसैगरी ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारी र कामदारको न्युनतम तलब १८ हजार रुपैयाँबाट २५ हजार २ सय रुपैयाँ कायम गर्न सिफारिस गरिएको छ ।

अन्य सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारहरुको न्युनतम तलब १७ हजार ६२५ रुपैयाँबाट २४ हजार ६७५ र तथा कर्मचारी र कामदारहरुको १५ हजार ६२५ बाट २१ हजार ८७५ रुपैयाँ कायम गर्न समितिले सिफारिस गरेको छ ।

दुर्गम जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्ने श्रमजीवी पत्रकार र कर्मचारीका लागि भने सिफारिस गरिएको पारिश्रमिकमा २० प्रतिशत थप गर्न पनि सिफारिस गरेको समितिकी अध्यक्ष खड्काले जानकारी दिइन् ।

हेर्नुहोस् सिफारिस-

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win