देउसीभैलो राति १० बजेसम्म मात्र, पटाका पूर्णरूपमा निषेध

कात्तिक १५, पोखरा ।। तिहार नजिकिँदै छ। कोभिड थपिँदो छ। स्वास्थ्य मापदण्डसहित चाडबाड मनाउनुपर्ने नेपालीको बाध्यता छ। 

कास्की प्रशासनले पनि स्वास्थ्य मापदण्ड ख्याल गर्दै चाडबाड मनाउन निर्देशन जारी गरेको छ। कास्कीमा यस वर्ष राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै १० बजेसम्म मात्र देउसीभैलो खेल्न भनेको हो। पटाका, आतसबाजी, झिरझिरे, भुइँचम्पा जस्ता विस्फोटक पदार्थ निषेध गरिएको छ। यसको प्रयोग र निकासी, ओसारपसार नगर्न प्रशासनको निर्देशन छ।

यस्तै, कोरोना संक्रमण दर अपेक्षित नघटेको भन्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर देउसीभैलो र नाचगान गर्न आग्रह पनि गरेको छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०५
    • 6 views
    पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

    कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ । पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 16 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *