नवलपुरमा विद्यालयका प्रधानाध्यापक कांग्रेसका सभापति

मंसिर ११, कावासोती । पूर्वी नवलपरासीजिल्लामा सामुदायिक विद्यालयका प्रधानाध्यापक नै कांग्रेसको
सभापतिमा निर्वाचित भएका छन् ।

हालै सम्पन्न नेपाली कांग्रेस नवलपरासी पूर्व प्रदेश सभा क्षेत्र नं. २ (ख) र बुलिङटार गाउँपालिका अध्यक्षमा विद्यालयका प्रधानाध्यापक निर्वाचित भएका हुन्।

जिल्लाको मध्यबिन्दु नगरपालिका १३ मा रहेको सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद तिवारी प्रदेश निर्वाचन क्षेत्र तर्फको क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।