+
+
-- Sponsored Ad --

देवचुली नगरपालिकाको फोहार व्यवस्थापन र अत्यावश्यक बाहेकका सबै सेवा बन्द

1,285 पटक हेरिएको
Clock २०७८ बैशाख ३०, बिहीबार १४:५०
-- Sponsored --

देवचुली ,माधब सुबेदी

 देवचुली नगरपालिकाको अत्यावश्यक बस्तु र फोहार व्यवस्थापन बाहेकका सबै सेवा बन्द भएको छ । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९को असर नवलपुर लगाएत देवचुलीमा पनि बढि परेको हुनाले देवचुली नगरपालिकाको कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा भन्द गरिएको बताउनुभयो । उहाँले हालसम्म देवचुली नगरपालिकामा १ सय ५८ जना कोरोना संक्रमित रहेका छन भने ४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको बताउदै नगर भित्रका कुनै पनि ठाउँमा भिडभाड, सभा सम्मेलन, समारोह, गोष्ठी भेला जस्ता कार्यहरु नर्गन नगरवासीलाई अनुरोध गर्नुभयो । जिल्ला प्रशासन कार्यालय नवलपुरबाट बैशाख २१ गते देखि जेठ ४ गते राती १२ बजेसम्म जिल्ला भर लागु हुने गरि निषेधाज्ञा जारी भएसँगै कार्यालयहरुमा भिडभाड कम गर्ने निर्देशन दिए संगै देवचुली नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win