भरतपुरदेखि कावासाेतीसम्म कर्मचारीका लागि छुट्टै बस संचालन

नवलपुर : नवलपुर क्षेत्रमा काम गर्ने कर्मचारी लक्ष्यित गरि छुट्टै बस संचालनमा आएको छ। भरतपुरदेखि कावासाेतीसम्म बिहान र बेलुका कर्मचारी मात्र बाेक्ने गरि बस संचालनमा आएको हाे ।

कर्मचारी मिलन केन्द्र नवलपुर र जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वकाे समन्वयमा बस सेवा सुरु भएको हाे।

बस सेवाकाे प्रमुख जिल्ला अधिकारी अरुण पाेख्रेलले आज उद्घाटन गर्नुभएको हाे। बस सेवा संचालनसँगै कर्मचारीलाई समयमा सहज रुपमा कार्यालय आएर सेवा दिन सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी पाेख्रेलले बताउनुभयो ।

भरतपुर ,गैंडाकोट क्षेत्रबाट दैनिक करिब ४५ जना कर्मचारी कावासाेती आउने गरेको र ती कर्मचारीलाई आवत जावतमा सुबिधा पुग्ने कर्मचारी मिलन केन्द्रका कार्यबाहक अध्यक्ष पूर्णहरी सुवेदीले बताउनुभयो ।

बस व्यवसायीसँगकाे समन्वयमा बस सेवा संचालन गरिएको बसले कर्मचारीमात्रै ओसारपसार गर्ने र ताेकिएकाे भाडादरकाे ७०% भाडा व्यक्तिगत रुपमा दिने सहमति भएको कर्मचारी मिलन केन्द्रका सचिव हरिशंकर सुवेदीले बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २२:०३
    • 7 views
    माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

    कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४३
    • 7 views
    नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

    कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *