काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महतलाई नौ वर्ष एक महिना र सदस्यद्वय उमेशप्रसाद ढकाल र चुणामणि शर्मालाई जनही नौ वर्ष कैद सजाय सुनाएको छ ।
त्यस्तै, उनीहरुलाई जनही चार अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवाना तोकेको हो । अदालतका प्रवक्ता दिपेन्द्र योगीले आयोगका सदस्य तीनैजनालाई कैद र जरिवाना सजाय तोकिएको जानकारी दिए ।
उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको क्षेत्राधिकारबाहिर गएर बदनियतपूर्वक करदाताहरूसँग कर फर्छ्यौट सम्झौता गरी सरकारलाई प्राप्त हुने ठूलो मात्राको राजस्व रकम चुहावट गरेर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।
उनीहरूविरुद्ध एक अर्ब ३३ लाख २० हजार ३२५ रुपैयाँ बराबरको कर छुट गरेर राजस्व चुहावट गरेको आरोप थियो ।

