
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।
आजकाे बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।