+
+
-- Sponsored Ad --

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक बलात्कार आरोपमा पक्राउ

264 पटक हेरिएको
Clock २०८० श्रावण १२, शुक्रबार १६:५४
-- Sponsored --

साउन १२, काठमाडौँ : जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका हुन् ।

ktm_police

जबरजस्ती करणीको आरोप लागेपछि उनलाई पक्राउ गरिएको हो । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।

पोखरेलले उनीविरुद्धमा दिएको निवेदनमा उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेको एकल इजलासबाट ‘फौजदारी प्रकृतिको विवादमा कानुनबमोजिम जाहेरी लिई कारबाही गर्नुपर्ने प्रकृतिको दायित्वको विषयमा बाहेक निवेदक र विपक्षीबीचको देवानी प्रकृतिको व्यक्तिगत सम्बन्धको विवादको विषयलाई लिएर निवेदकलाई पक्राउ नगर्नू नगराउनू’ भनी अन्तरिम आदेश जारी भएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win