सुरेश छन्त्याल, साउन २१, बागलुङ : बागलुङको गलकोट नगरपालिका वडा नं. १० पाण्डबखानीले २०७९/८० को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
वडा अध्यक्ष भक्तबहादुर काउचाको अध्यक्षतामा भएको कार्यक्रममा तीनै तहको सरकारबाट गत आर्थिक वर्षमा जम्मा ३ करोड ६५ लाखको बजेट प्राप्त भएको साथै सम्पूर्ण बजेट वडाको विकासका विभिन्न कार्यमा लगाएको काउचाले बताए ।
कार्यक्रममा प्रगति प्रतिवेदन सहित वडा कार्यालयबाट प्रवाह हुने नियमित तथा प्रशासनिक प्रतिवेदन वडा सचिव ठाकुर तिमिल्सिनाले प्रस्तुत गरेका थिए। सचिव तिमिल्सीनाले आर्थिक वर्ष २०७९/८० मा वडामा सिफारिस, पञ्जिकरण, एकीकृत सम्पत्ती तथा भुमिकर लगायतबाट ९ लाख १५ हजार १ सय ४९ रुपैयाँ जम्मा भएको जानकारी दिए ।
त्यस्तै पशु सेवा केन्द्र पाण्डबखानीका प्रमुख शिब आचार्यले वर्षभरि गरिएको कार्यको विवरण पेस गर्दै हालै फैलिएको लम्पि स्किन भाईरसले स्थानियमा त्रासदि उत्पन्न गरेकोले यसबाट बच्न स्थानिय सरकारले पनि बेलैमा फकर कदम चाल्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

