+
+
-- Sponsored Ad --

इटहरीदेखि तरहरासम्म हिन्दु धर्मावलम्बीको पैदलयात्रा (तस्बिरहरू)

311 पटक हेरिएको
Clock २०८० भाद्र ९, शनिबार १७:५४
-- Sponsored --

भदौ ९, धरान : हिन्दु धर्मावलम्बीले शनिबार सुनसरीको इटहरीदेखि तरहरासम्म र्‍याली निकालेका छन् । धार्मिक र्‍यालीमा सुनसरीस्थित चतराधामका गुरु बालसन्त, विराटनगरका आचार्य रामानुज नेपाल, विराटनगर पञ्चाली मन्दिरका पीठाधीश अच्युत प्रपन्न स्वामीजी, श्रीनिवासाचार्य, गोलोकधामका दिनबन्धु शास्त्रीलगायत व्यक्ति सहभागी थिए ।

विभिन्न स्थानबाट धार्मिक गुरूहरू सहभागी भई धरानमा र्‍याली निकाल्ने तयारी गरिएको थियो । तर, सम्भावित जोखिमलाई मध्यनजर गरेर स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । कुनै अप्रिय घटना हुन नदिन प्रहरीले र्‍यालीका सहभागीलाई तरहराबाट मास्तिर जान रोक लगाएको छ । निषेधाज्ञा जारी भएको क्षेत्र तरहरासम्म धार्मिक गुरु र समर्थकले पैदलयात्रा गरेका थिए । उनीहरूले पानीपिता जंगलनजिकै सडकमा कोणसभा समेत गरे ।

थप तस्बिर हेर्नोस्–

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win