
चन्द्र प्रकाश गौडेल,एनसन्चार, पौष २७ : नेपाल रेडक्रस सोसाइटी प्रगतिनगर उपसाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिबेशन बुधबार सम्पन्न भयको छ ।
शशिधर रेग्मिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवलपरासी (ब.सु.पुर्व)जिल्ला साखा कावासोतीका सभापती ऋषि कंडेल प्रमुख अतिथी रहनुभएको थियो ।
साधारण सभाले ११ सदस्यीय नवनिर्वाचित कार्यसमिति समेत चयन गरेको छ ।
निवर्तमान सचिब देवेन्द्र प्रसाद शर्माको सभापतित्वमा नवनिर्वाचित कार्यसमितिमा उपसभापति हुमिसरा आले, निर्मला पाण्डे कन्डेल सचिव, कोषाध्यक्षमा शिबलाल गैरे, उपसचिवमा इश्वर प्रसाद रेग्मी, उपकोषाध्यक्षमा चेत बहादुर रावल,महिला सदस्यमा मिना कुमारी सापकोटा चयन हुनुभयको छ । त्यस्तै सदस्यहरुमा, दल बहादुर भट्टराई , मोहम्मद रफिक अहमद,दयाराज तिवारी,दिपक कुमार शर्मा चयन हुनुभएको छ ।
प्रमुख अतिथी कन्डेल तथा नेपाल रेडक्रस सोसाइटिका केन्द्रिय सदस्य पुर्ण गौडेलले नवनिर्वचित कार्यसमितिलाइ बधाइ ज्ञापन सहित सफल कार्यकालको सुभकामना समेत ब्यक्त गर्नुभयको थियो ।