0 प्रतिक्रिया
देवचुलीमा दुई मोटरसाइकल एक आपसमा ठोक्कीयो
देवचुलीमा दुइ मोटरसाइकल एक आपसमा ठक्कर खाँदा २ जना घाइते भएका छन् । उत्तर देखि दक्षिण तर्फ आउँदै गरेको ना २९ प १३९६ र बिपरित दिशाबाट जाँदै गरेको लु ५५ प ७७०६ नम्बरको मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परी देवचुली ११ बस्ने बर्ष २५ का हिरा बहादुर राना र देवचुली १२ बस्ने बर्ष ३५ का जिबन पराजुली घाइते भएका छन् ।
घाइते भएका रानाको अवस्था गम्भीर रहेकोले मध्यबिन्दु जिल्ला अस्पताल रिफर गरिएको छ भने पराजुलीको अवस्था सामान्य रहेकोले देवचुली अस्पताल दलदलेमा उपचार भइरहेको प्रहरीले जनएको छ भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



