+
+
-- Sponsored Ad --

दलहरूले सिट धेरै मागेपछि गठबन्धनको बैठक निष्कर्षविहीन

310 पटक हेरिएको
Clock २०८० पुष २१, शनिबार २०:५८
-- Sponsored --

काठमाडौँ : राष्ट्रियसभामा खाली हुने १९ सिटको बाँडफाँड गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलगायत सत्तारुढ दलहरू सहभागी थिए। 

दलहरुले सिट धेरै मागेपछि बैठक बिना निष्कर्ष सकिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। जनमतका आधारमा राष्ट्रियसभाको सिट बाँडफाँड गर्ने तयारी भइरहेको भए पनि दलहरुबीच मत नमिलेको उनले बताए। 

कांग्रेसले १०, माओवादीले ७, एकीकृत समाजवादी र जसपाले कम्तीमा ३/३ सिट दावी गर्दै आएका छन्। क्लस्टरका आधारमा दलहरूले सिट बाँडफाँड गर्ने तयारी गरेका थिए।

राष्ट्रियसभाको उम्मेदवारका लागि कांग्रेसबाट डेढ सय र माओवादीबाट दुई सयजनाको नाम सिफारिस भएको छ। दलहरूले बढी सिट दावी गर्दा बाँडफाँडमा ​ढिलाइ भएको हो। आज बिहान बसेको गठबन्धन बैठकमा साझा उम्मेदवार उठाउने निर्णय भएको थियो।

गठबन्धन र एमालेबीच सहकार्य गर्ने प्रयास असफल भएपछि गठबन्धन र एमालेले छुट्टाछुट्टै उम्मेदवार बनाउने तयारी गरेका छन्।

माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता गर्ने तालिका रहेको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win