+
+
-- Sponsored Ad --

नेपाललाई थप २० लाख डोज खोप दिने चीनको घोषणा

442 पटक हेरिएको
Clock २०७८ कार्तिक २, मंगलवार २०:३५
-- Sponsored --

कात्तिक २ ।।

चीनले नेपाललाई थप २० लाख डोज कोरोना विरूद्धको खोप दिने प्रतिवद्धता जनाएको छ।

परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन वार्ताका क्रममा चीनले सो घोषणा गरेको हो । 
फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकामा विदेशमन्त्री वाङ यीलाई धन्यवाद ज्ञापन गरेका थिए । २० लाख खोप चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने बताइएको छ । 
सो क्रममा दुई देशका मन्त्रीबीच दुई देशबीचको सम्बन्धका विविध आयामबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विदेशमन्त्री यीले परराष्ट्रमन्त्री डा खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।

साथै उनीहरूबीच सीमा व्यवस्थापन, तातोपानी र रसुवागढी नाकाबाट नियमित सामाग्री ढुवानी, हवाई सम्पर्कलगायत विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win