एक घरमा आगलागी

कास्की माछापुच्छ्रे गाउँपालिका -१ धिप्राङको एक घरमा आगलागी भएको छ । मंगलबार राति स्थानीय केशरी गुरुङको दुई तले घरमा अचानक आगलागी हुँदा ढुङ्गा माटोले बनेको घरमा क्षति पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । आगलागीबाट करिब १५ लाख बराबरको भौतिक क्षति भएको डिएसपी अर्यालले जानकारी दिनुभयो । स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *