Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
कावासोतीको लोकाहामा “कावासोती इ भि चार्जिङ्ग स्टेशन” सन्चालनमा कावासोतीको लोकाहामा "कावासोती इ भि चार्जिङ्ग स्टेशन" सन्चालनमा - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

कावासोतीको लोकाहामा “कावासोती इ भि चार्जिङ्ग स्टेशन” सन्चालनमा

923 पटक हेरिएको
Clock २०८१ भाद्र २३, आईतवार १८:१३
-- Sponsored --

एन. सन्चार, भाद्र २३ कावासाेतीः  नवलपुरको कावासोती ११ लोकाहामा ५ नोजल सहितको स्तरिय इभि चार्जिगं स्टेशन सन्चालनमा आएको छ ।

कावासोती बजारबाट करिव ५ किलोमिटर पुर्वमा रहेको लोकाहा खोला देखी करिव २० मिटर पस्चिम तर्फ कावासोती इभि चार्जिगं स्टेशनको नामबाट सन्चालनमा आएको उक्त चार्जिगं स्टेशनबाट नवलपुर जिल्लाका अधिकांस इभि प्रयोगकर्ताहरुलाइ आफ्नो विद्युतिय सवारी साधन चार्ज गर्न सहज हुनुका साथै वुटवल नारायणगढ सडकखण्ड भएर यात्रा गर्ने विद्युतिय सवारीहरुलाइ समेत ढुक्क भएर यात्रा गर्न सक्ने वातारण सिर्जना भएकोमा दुइमत छैन ।

पछिल्लो समय विद्युतिय सवारी साधनको चाप वढदो मात्रामा रहेको र सरकारको समेत विद्युतिय सवारी लाइ प्रोत्साहन गर्ने अवधारणा अनुरुप विद्युतिय सवारीको फास्ट चार्जिगं स्टेसन सन्चालनमा ल्याउने सोच जागृत भएको चार्जिगं स्टेशनका सन्चालक विष्णु अधिकारीले वताए । अधिकारी एक सफल व्यवसायी समेत हुन । सुदुर पस्चिमको शुखड कैलालीमा करिव १० वर्ष हार्डवेयर व्यवसाय सन्चालन गरेको अनुभव समेत अधिकारी सँग छ ।

सोही स्थानमा डल्फीन कन्सट्रक्सन समेत सन्चालन गरेका अधिकारीको तिलोत्तमा १५ मा शुभ अधिकारी टे्र्डस, तिलोत्तमा ११ मा ओम साइ फुडस उद्योग समेत सन्चालनमा छ । नवलपुरको कावासोती ६ विष्णुनगरमा पुर्खौली थलो रहेका अधिकारी हाल काठमाण्डौ वसोवास गर्दै आएका छन ।

आफ्नै स्थानमा केही फरक गर्ने सोचका साथ नवलपुर लगायत यो सडक खण्ड भएर यात्रा गर्ने यात्रु तथा विद्युतिय सवारी धनिहरुका लागी सहजता प्रदान गर्ने उदेश्यले यो चार्जिगं स्टेशनको स्थापना गरेको अधिकारीले वताए ।
हाल यो चार्जिगं स्टेशनबाट जिविटी र सि सि एस टि प्रविधि मार्फत एकैपटकमा ५ वटा विद्युतिय सवारी साधन चार्ज गर्न मिल्छ ।

 

जसमध्ये जिविटीका लागी ४० किलोवाट क्षमताका ३ वटा नोजल जडान गरिएको छ भने सिसिएसटि का लागी ६० किलोवाट क्षमताका २ वटा चार्जिगं नोजल जडान गरिएको छ । चार्ज गरेको ४५ मिनेट देखी १ घण्टाको अवधिमा सवारी साधनहरु फुल चार्ज हुने अधिकारीको भनाइ छ ।

सुरुवात ५ वटा नोजलवाट भएतापनी आगामी दिनहरुमा १० वटा सम्म नोजलहरु जडान गर्ने तथा स्टेसन परिसरमा फास्टफुडका लागी स्तरिय होटल तथा रेष्टुरेन्ट, कारवास,स्पेयर पार्टस पसल लगायतका सेवा सुचारु गर्ने अधिकारीको लक्ष्य छ ।

विद्युतिय सवारीको आवस्यक्ता अनुरुप सन्चालन गरिएको यस चार्जिगं स्टेसनलाइ नवलपुर जिल्लाकै उत्कृष्ट चार्जिगं हवको रुपमा अगाडी वडाउने सोच अनुसार आफु लागिपरेको सन्चालक अधिकारीको भनाई छ ।

इ भि स्टेसन सुभारम्भकाे भिडियाे हेर्नुहाेस ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win