
२५ पुस, चितवन । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गराएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार यसअघि नै बन्द भएका पाँचसहित थप १३ वटा क्रसरलाई बन्द गराइएको हो ।
यस्तैं, खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगरपालिका. माडी नगरपालिका र कालिका नगरपालिकाका एक/एक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर बन्द गराइएको छ ।
उनले केन्द्रीय सरकारको निर्देशन अनुसार पुस २१, २२ र २३ गते अनुगमन गरिएको बताए । उनका अनुसार अधिकांश क्रसर उद्योगहरुसँग थप सञ्चालनका लागि वैधानिक कागजात पुग्ने अवस्था छैन । त्यसो नहुँदा क्रसरहरु बन्द नै हुने अवस्था देखिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताए ।
सरकारले केही विषेश निर्णय गरेको अवस्थामा बाहेक अधिकांश उद्योगहरु पुनः चल्ने अवस्थामा नरहेको उनको भनाइ छ ।