
एजेन्सी । चीनको सबै भन्दा बढी जनसंख्या रहेको हेनान प्रान्तमा ९० प्रतिशत मानिसहरू कोराेना भाइरस (कोभिड-१९) संक्रमित भएका छन् ।
स्थानीय स्वास्थ्य अधिकारीहरुले पत्रकार सम्मेलनमा गरी सोही प्रान्तमा करिब ८ करोड ८५ लाख मानिस काेराेना संक्रमित भएको तथ्य सार्वजनिक गरेका हुन् । गत डिसेम्बरमा शून्य कोभिड नीति त्यागे यता चीनमा कोराेना संक्रमितको संख्यामा अप्रत्याशित वृद्धि भइरहेको छ ।
लाखौं चिनियाँ नागरिकहरु विदेश भ्रमणको तयारीमा रहेकाले चीनमा फैलिएको पछिल्लो भेरियन्ट अन्यत्र पुग्ने त्रास समेत बढेको छ ।