+
+
-- Sponsored Ad --

राईनो कप फुटवलकाे फाईनल खेल बुधवार, नेपाल एपिएफ र नमोबुद्ध भिड्दै ।

165 पटक हेरिएको
Clock २०८१ कार्तिक १३, मंगलवार १८:५८
-- Sponsored --

कावासाेती।  नवलपुरको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि बुधबार हुनेछ । फाइनल खेल नेपाल एपीएफ र नमोबुद्ध फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

मध्यविन्दु नगरपालिका – २ कोल्हुवा स्थित राइनो रंगशालामा भोलि दिउँसो २ बजेदेखी प्रतियोगिता सुरु हुनेछ । फाइनल खेलको टिकट शुल्क भने २०० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।

आयोजक क्लबका अध्यक्ष दोमन भण्डारीका अनुसार १२ टिमको सहभागिता रहेको सातौ अन्तर्राष्ट्रिय आमन्त्रित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद रु ८ लाख मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ४ लाख मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । नन्द भाउजू उपभोक्ता समिति संरक्षक रहेको राइनो क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win