पाल्पा : पाल्पा क्षेत्र २ प्रदेश सभा १ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर राना विजयी भएका छन्। 

उनी प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईसँग २०७५ मतान्तरले विजयी भएका हुन्। रानाले १६ हजार ३९ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९६४ मत पाए।

रानाले यसअघि समानुपातिकबाट प्रदेशसभा सदस्य र लुम्बिनी प्रदेश सरकारको मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए।

यस्तै मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार लक्ष्मण गाहाले १५९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजु गैरेले १५२०, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर राना मगरले ३५१, जनता समाजवादी पार्टी नेपालका खिकबहादुर रेश्मी मगरले १६३, नेपाल मजदुर किसान पार्टीका  माधव अधिकारीले ७७ मत प्राप्त गरेका छन्।

यहाँ जम्मा ३४ हजार ५५९ मत खसेको थियो। ८४८ मत बदर भएको छ।