गुण्डाको छवि भएका कांग्रेस नेता गणेश लामा पोखराबाट पक्राउ

जेठ २७, पोखरा,

गुण्डाको छवि भएका नेपाली कांग्रेसका नेता गणेश लामालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञाका बेला अचानक काठमाडौंबाट पोखरा आइपुगेका लामा लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

निषेधाज्ञा उल्लंघन गर्दै पोखरा आएका उनी होटल पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर प्रहरीले नियन्त्रणमा लिएको हो । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला लामा पोखरा आउनुलाई उनले राजनीतिक चलखेल गर्न आएको आशंका गरिएको छ ।

उक्त आशंकाका बीच युवा तथा खेलकुद मन्त्री दीपक मनाङे विश्वासको मतदानका बेला बिहीबार प्रदेश सभा गएनन् । विगतमा गुन्डाको छवि भएका गणेश लामा अहिले कांग्रेसको राजनीतिमा छन् । उनी कांग्रेसबाट चुनावसमेत लडेका थिए ।

यता त्यस्तै छवि भएका मनाङेले भने मनाङबाट चुनाव जिते । प्रहरी स्रोतले सांसद मनाङे बिहीबार दिनभर सम्पर्कविहीन भएकै बेला लामालाई पक्रनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 41 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 17 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *