+
+
-- Sponsored Ad --

गुण्डाको छवि भएका कांग्रेस नेता गणेश लामा पोखराबाट पक्राउ

1,597 पटक हेरिएको
Clock २०७८ जेष्ठ २७, बिहीबार २०:२६
Ganesh-lama-Don
-- Sponsored --

जेठ २७, पोखरा,

गुण्डाको छवि भएका नेपाली कांग्रेसका नेता गणेश लामालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञाका बेला अचानक काठमाडौंबाट पोखरा आइपुगेका लामा लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

निषेधाज्ञा उल्लंघन गर्दै पोखरा आएका उनी होटल पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर प्रहरीले नियन्त्रणमा लिएको हो । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला लामा पोखरा आउनुलाई उनले राजनीतिक चलखेल गर्न आएको आशंका गरिएको छ ।

उक्त आशंकाका बीच युवा तथा खेलकुद मन्त्री दीपक मनाङे विश्वासको मतदानका बेला बिहीबार प्रदेश सभा गएनन् । विगतमा गुन्डाको छवि भएका गणेश लामा अहिले कांग्रेसको राजनीतिमा छन् । उनी कांग्रेसबाट चुनावसमेत लडेका थिए ।

यता त्यस्तै छवि भएका मनाङेले भने मनाङबाट चुनाव जिते । प्रहरी स्रोतले सांसद मनाङे बिहीबार दिनभर सम्पर्कविहीन भएकै बेला लामालाई पक्रनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win