Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
गुडिरहेको मोटरसाइकललाई बाघले झम्टिदा २ जना घाईते गुडिरहेको मोटरसाइकललाई बाघले झम्टिदा २ जना घाईते - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

गुडिरहेको मोटरसाइकललाई बाघले झम्टिदा २ जना घाईते

112 पटक हेरिएको
Clock २०८१ माघ ७, सोमबार २१:३९
-- Sponsored --

कावासोती । कालीगण्डकी करिडोरको गैँडाकोट बुलिङ्गटार सडक खण्डमा गुडिरहेको मोटरसाइकललाई बाघले झम्टिने क्रममा भएको दुर्घटनामा परेर २ जना घाईते भएका छ्न ।

ढोडेनी बाट गैंडाकोट तर्फ आँउदै गरेको बा.प्र.०६-००१ प ९८३५ नम्वरको मोटरसाइकललाई गैँडाकोट-३ ढोडेनीमा अचानक बाघले झम्टिदा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मोटरसाइकललाई बाघले झम्टिए पछि अनियन्त्रित भएर पल्टिदा पछि मोटरसाइकलमा सवार तनहुँ शुक्लागण्डकि-३ का सुशील परियार र चितवन रत्ननगर-१० का दिपेन्द्र नेपाल घाईते भएका हुन । दुर्घटनामा घाईत भएका दुवै जनाको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win