+
+
-- Sponsored Ad --

अमेरिकी सरकारको आप्रवासन नितिको प्रभाब: १,३६५ जना नेपाली नेपाल फर्कदै ।।

254 पटक हेरिएको
Clock २०८१ माघ १६, बुधबार १४:४९
-- Sponsored --

काठमाडौँ – डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेको छ। यसैक्रममा, अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको संख्या सार्वजनिक भएको छ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार १,३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन्।

ट्रम्पले शपथ ग्रहणसँगै अमेरिकामा अवैध रूपमा बसोबास गर्ने आप्रवासीहरूको सामूहिक निर्वासनको अभियान सुरु गरेका थिए। यस अभियानको एक हिस्सा रूपमा उनले कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

अमेरिकाबाट फर्काउन लागेका आप्रवासीहरूको संख्या सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरू छन्। होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना रहेको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win