अमेरिकी सरकारको आप्रवासन नितिको प्रभाब: १,३६५ जना नेपाली नेपाल फर्कदै ।।

काठमाडौँ – डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेको छ। यसैक्रममा, अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको संख्या सार्वजनिक भएको छ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार १,३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन्।

ट्रम्पले शपथ ग्रहणसँगै अमेरिकामा अवैध रूपमा बसोबास गर्ने आप्रवासीहरूको सामूहिक निर्वासनको अभियान सुरु गरेका थिए। यस अभियानको एक हिस्सा रूपमा उनले कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

अमेरिकाबाट फर्काउन लागेका आप्रवासीहरूको संख्या सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरू छन्। होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना रहेको छ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २६, शनिबार १५:३८
  • 26 views
खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

विस्तृत.....

  • २०८१ माघ २५, शुक्रबार ०८:२१
  • 79 views
कावासोती खानेपानीका अध्यक्षको मेयरलाई सुझावः व्यवहार र स्वभाव बदल्नुस्

रमेश बस्ताकोटी, नवलपुर:  कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष दिपकराज लम्सालले कावासोती नगरपालिका का मेयर बिष्णु प्रसाद भुषाललाई आफ्नो व्यवहार र स्वभाव परिवर्तन गर्न सुझाव दिएका छन्…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *