+
+
-- Sponsored Ad --

आगोले जलेर घाइते कावासोतीकी बालिकाको उपचारको क्रममा मृत्यु

69 पटक हेरिएको
Clock २०८२ असार ६, शुक्रबार २०:३८
-- Sponsored --
नवलपुर, असार ६ गते । नवलपुरको देवचुलीमा आगोले जलेर घाइते भएकी कावासोती नगरपालिका-८ की बालिकाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
 
 देचुली–१७ पिप्रहरस्थित चितवन टाइगर रिसोर्टमा जेठ ३० गते राति आगोले पोलेर घाइते भएका ५ जना मध्ये एक बालिकाको  उपचारको क्रममा मृत्यु भएको हो । आगोले पोलेर एकै परिवारका ३ सहित ५ जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार कावासोती–८ निवासी ४४ वर्षीय प्रदीप कुमार भट्टराईकी छोरी ६ बर्षीया अन्नी भट्टराईको वर्न अस्पताल कीर्तिपमा उपचारको क्रममा मृत्यु भएको हो ।
 
उक्त घटनामा कावासोती–८ निवासी ४४ वर्षीय  भट्टराई, उहाँकी श्रीमती ४१ वर्षीया मीना पौडेल, छोरी  अन्नी, २६ वर्षीय असिम राना र २४ वर्षीय अनुप गुरुङ घाइते भएका थिए । भट्टराई कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पसका प्रध्यापक  हुनुहुन्छ ।  घाइते चार जनाको वर्न अस्पतालमै उपचार भईरहेको प्रहरी नायव उपरीक्षक  नेपालले जानकारी दिए ।
 
रिसोर्टमा सेकुवा पोल्ने  क्रममा पाँच जनालाई आगोले पोलेको थियो । उक्त घटनामा रिसोर्टको गम्भीर लापरवाही भएको पीडितको दाबी छ । घाइते भट्टराईले बारविक्यु गरेर खाजा खाँदै   गर्दा  होटलका स्टाफले आगोमा पेट्रोल हालेकाले यस्तो घटना घटेको भिडियो सन्देस मार्फत बताएका छन् । 
 
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले  घटनाको अनुसन्धान भईरहे पनि घाइतेहरु निको भएर फर्किएपछि थप अनुसन्धानमा सहज हुने बताएका  छन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win