+
+
-- Sponsored Ad --

पूर्वी नवलपरासीबाट गोरखा भ्रमणमा गएको माइक्रो बस दुर्घटना, ९ जना घाइते

53 पटक हेरिएको
Clock २०८२ असार ७, शनिबार २२:५२
-- Sponsored --
नवलपुर, असार ७, २०८२: पूर्वी नवलपरासीबाट भ्रमणका लागि यात्रु बोकेर गोरखा गएको माइक्रोबस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
शनिबार गोरखा–आँबुखैरेनी सडक खण्डअन्तर्गत गोरखा नगरपालिका–११, पन्ध्रकिलोमा ध १ ख ४६२ नम्बरको माइक्रो अनियन्त्रित भएर सडक छेउको नालामा पल्टिँदा दुर्घटना भएको हो।
माइक्रोमा पूर्वी नवलपरासीबाट गोरखा भ्रमणका लागि गएका १६ यात्रु सवार थिए।
दुर्घटनामा ९ जना घाइते भएका र उनीहरूको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्र प्रसाद सुवेदीले बताए। गोरखा भ्रमण गरेर फर्कँदै गरेको माइक्रो दुर्घटना भएको जनाइएको छ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win