+
+
-- Sponsored Ad --

कल्याण गुरुङद्वारा कांग्रेस सभापतिको उम्मेद्वारी घोषणा

312 पटक हेरिएको
Clock २०७८ भाद्र १६, बुधबार १८:२१
-- Sponsored --

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको १४ औं महाधिवेशनमा पार्टीमा केन्द्रीय सभापतिको उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य गुरुङले पार्टीमा युवा पुस्ता नेतृत्व लिन सक्षम भएको भन्दै आफूले केन्द्रीय सभापतिका लागि उम्मेद्वारी दिने बताउनुभएको हो । उहाँले शासन व्यवस्थामा परिवर्तन आए पनि सोचमा परिवर्तन आउन नसकेकोले युवा पुस्ताले नेतृत्व लिएर सोचहरुमा परिवर्तन ल्याउनुपर्ने बेला भएको बताउनुभयो ।

केन्द्रीय सदस्य गुरुङले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नुपर्ने बताउनुभयो । उहाँले वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह लगायतका नेताहरुले युवावस्थामै नेतृत्व गरेको पार्टीमा अहिले किन युवा पुस्ता हाबी हुन नसकेको भन्ने दबाव देशभरबाट आएपछि आफूले १४औं महाधिवेशमा केन्द्रीय सभापतिको उम्मेद्वारी दिन लागेको बताउनुभयो ।

केन्द्रीय सदस्य गुरुङले सभापतिमा निर्वाचित भएपछि किसान, दलित जनजाती, आदिवासी, मुस्लिम संघ, थारु संघ सबै समुदायलाई समेटेर नेपाली कांग्रेसलाई समावेशी पार्टी बनाउने बताउनुभयो । उहाँले नेपाली कांग्रेस भित्र सबैले न्यायको अनुभूति, न्याय, राजनीतिक सुरक्षा प्राप्त गर्ने पार्टीको रुपमा वातावरण सिर्जना गर्ने बताउनुभयो ।

पार्टीको सभापति बनेमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद एक पटकको लागि मात्र हुने वैधानिक व्यवस्था गर्ने र देशको संंविधानमा पनि दुई पटक मात्रै मन्त्री र प्रधानमन्त्री हुने पहल गर्ने पनि उहाँले बताउनुभयो ।

केन्द्रीय सदस्य गुरुङले अहिले ६० वर्ष र त्यो भन्दा कम उमेरको केन्द्रीय सभापतिको दाबी गर्ने आफू मात्रै भएको भन्दै अन्य साथीहरुले पनि केन्द्रीय सभापतिको दाबी गरे आफू खुशी हुने बताउनुभयो । उहाँले नेपाली कांग्रेसको केन्द्रीय सभापति भनेको भोलि देशको वैकल्पिक प्रधानमन्त्री भएकोले सभापतिको दाबी गर्दा यसलाई मनन गरेर मात्रै दाबी गर्नुपर्ने बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win