+
+
-- Sponsored Ad --

कावासोतीको समता स्कुलमा ८ जोडि जुम्ल्याहा , पढाइमा अब्बल

43 पटक हेरिएको
Clock २०८२ असार ८, आईतवार २१:५९
-- Sponsored --

कावासोती । नवलपुरको एउटा स्कुलमा एकै पटक आठ जोडि जुम्ल्याहा पढदैछन । सबै १६ जना बिद्यार्थी पढाइमा अब्बल छन ।

समता स्कुल कावासोतीमा उनिहरु अध्ययनरत छन । समताका प्रधानाध्यापक महेश भुर्तेलका अनुसार सम्रिन र सम्रीना मगर कक्षा एकमा अध्ययनरत छन । उनिहरु सेकेण्ड र थर्ड भैरहन्छन । त्यस्तै आरब र आरुष कक्षा ४ मा अध्ययनरत छन उनिहरु प्रथम र द्धितिय हुदै आएका छन ।

शिखा र दिपशिखा रानाभाट, जस्मीन र जेनिसा रिजाल कक्षा कक्षा ५ मा छन । जयराम र जयप्रकास पाटा कक्षा ९ मा छन । रिहान र रिदान कक्षा गाहा ४ कक्षामा छन । उता सिम्रन र श्रीषाकार्की ५ कक्षामा पढदैछन । समतामा अध्ययनरत सबै १६ जना पढाइमा अब्बल छन । “यहा अध्ययनरत सबै जुम्ल्याहा हेर्दा उस्तैउस्तै लाग्छन कहिलेकाहि त झुक्किन्छ” प्रधानाध्यापक भुर्तेलले भने, “उनिहरु प्राय कक्षामा पनि एउटै बेन्चमा बस्न रुचाउछन ।”

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win