+
+
-- Sponsored Ad --

हुप्सेकोट गाउँपालिकाद्धारा एकैदिन २ सय ५० कुकुरहरुलाई रेविज विरुद्धको खोप

210 पटक हेरिएको
Clock २०८२ माघ २०, मंगलवार १८:५३
gg
-- Sponsored --
दीपेन्द्र रेग्मि, माघ २०, कावासोती ।
नवलपुरको हुप्सेकोट गाउँपालिकाले एकैदिन २ सय ५० कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाएको छ । सामुदायिक छाडा कुकुरहरुलाई रेविज विरुद्धको खोप अभियान २०८२ अन्तर्गत मंगलबार एकैदिन घर पालुवा र छाडा छोडिएका गरि २५० कुकुरलाई खोप लगाईएको हुप्सेकोट गाउँपालिका पशु सेवा साखा प्रमुख बुद्धि बहादुर देउजाले जानकारी दिनुभएको हो । रोग लागिसकेपछि उपचार खोज्नु भन्दा रोग लाग्नै नदिनु उपयुक्त हुन्छ भन्ने यथार्थतालाई आत्मसाथ गरि, समुदायमा बढ्दै गएको छाडा कुकुरको संख्या न्युनिकरणका लागि गत वर्ष कुकुर बन्ध्याकरणको अभियान चलाएको गाउँपालिकाले यसवर्ष रेविज विरुद्धको खोप अभियान सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाको पशु सेवा शाखाको आयोजना एवं भेटेरीनरि अस्पताल तथा पशु सेवा कार्यालय नवलपरासि पूर्वको समन्वयमा सञ्चालित अभियानको गाउँपालिका उपाध्यक्ष पूर्ण सिं राना मगरले पशु स्वास्थ्य कर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष रानाले कुकुरहरुको न्युनिकरण र रेविज रोग फैलनबाट रोक्ने उद्येश्यले गाउँपालिकाले वार्षिक रुपमा यस्ता कार्यक्रमहरु गर्दै आएको बताउनु भएको छ । पशु सेवा कार्यालयबाट आएका ६ जनाको विज्ञ टोलिले पालिकाको वडा नं. १ देखि ४ सम्म अलग अलग टिम बनाएर ति कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाएका हुन् ।
गाउँपालिकाको पशु सेवा साखा प्रमुख देउजाले मंगलबार पालिकाको ४ वटा वडामा मात्रै खोप लगाईएको भन्दै भूगोलका हिसाबले पहाडि क्षेत्र रहेको पालिकाको बाँकि २ वडाहरु वडा नं. ५ र ६ मा पनि केहि समय पछि अभियान सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । त्यस्तै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत वेदहरि अधिकारीले रेविज लागेका कुकुरले मान्छे अथवा पशुलाई टोकेको खण्डमा रेविज सर्ने सम्भावना हुने हुँदा त्यो अवस्था नै नआओस् भन्नकालागि सामुदायिक कुकुरहरुलाई टोल टोल मै पुगेर खोप लगाईएको बताउनुभयो । अधिकारीले गत वर्ष बन्ध्याकरणको कार्यक्रम गरिएकोमा यस वर्ष सिमित बजेटका कारण रेविज विरुद्धको खोप मात्रै सञ्चालन गरिएको भन्दै भेटेरिनरि अस्पतालको समन्वय र संघिय सरकारबाट प्राप्त ससर्त अनुदानको बजेटबाट अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win