+
+
-- Sponsored Ad --

काठमाडौँको निषेधाज्ञा केही खुकुुलो बनाउँदै

696 पटक हेरिएको
Clock २०७८ जेष्ठ १८, मंगलवार २२:५५
-- Sponsored --

काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुुलो बनाउँदै एक साता थप गर्ने तयारी गरिएको छ । आज बसेको काठमाडौँ, भक्तपुर तथा ललितपुर जिल्लाका प्रमुख जिल्ला अकिारीको बैठकले निषेधाज्ञाका विषयमा छलफल गरेको थियो । बैठकमा कोरोना भाइरस संक्रमणको चेनब्रेक गर्न गरिएको एक महिनाको निषेधाज्ञाको समीक्षा भएको थियो । यद्यपी तीन प्रमुख जिल्ला अधिकारीहरुले कुनै औपचारिक निर्णय सार्वजनिक गरेका छैनन् । जेठ २० सम्म निषेधाज्ञा जारी रहेकाले सोही बेलासम्मको अवस्थालाई मध्यनजर गर्दै नयाँ निर्णय लिइने काठमाडौँका प्रमुख जिल्ला अकिकारी कालीप्रसाद पराजुलीले बताए । गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी छ । गत जेठ १४ गतेदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाइ गरिएको छ । अब एक साता निषेधाज्ञा थपिए पनि अत्यावश्यक, खाद्यान्न र किराना पसल सञ्चालन गर्न दिने गरी प्रशासनले तयारी गरेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win