जयकारका ‘5’ चारलाईन (मुक्तक)

mukk
 
 
मुक्तक :-
1-
मुल्यहिन यो वर्तमानसँग भागि भागि प्रश्न सोध्नु छ
तिमिसँग एक्कैछिन, मिलनको मागि प्रश्न सोध्नु छ
जीन्दगिको पैँठेजोरिमा, मेरा मुक्का फिका परेहोलान्, स्विकार्छु
किन भएको छु, मरेतुल्य तिम्रालागि प्रश्न सोध्नु छ
2-

चिढ्याईरहेछ मलाई, मेरै विगतको तस्विरले
आफन्त मुटु घोँचिदिन्छन् शब्दहरुका तिरले
जानु कहाँ गर्नु के भड्किरहेछ आत्मा यसै
जिन्दगी यो जीन्दगी रहेन, जिन्दगीकै पिरले

3-

जिन्दगीमा पिँडा जति आउँछ, रुँदा सम्म त हो
जिवन भन्नु, लाशलाई आगोले, छुँदा सम्म त हो
परिवारवाट विछडिएर बाँच्न यसकारण दिल मान्दैन
मान्छे आफ्नो, मान्छे जिउँदो, हुँदा सम्म त हो

4-

छोरी तिमिलाई कहिल्यै यो दिन याद नहोस्
झुटो मुस्कुराहटको एक्कै छिन् याद नहोस्
म तिम्रा अबोध आँखाका आँशु देख्दा नै अत्तालिन्छु
रित्तो छ निप्पल लाखौँको रिन याद नहोस्

5

अव गरिदैन यहाँ, आफ्ना दिलका कुरा
भेट्न नसकिएको त्यो मन्जिलका कुरा
आफ्नो मनमा यहाँ पहाड लुकेको छ मित्र
घरि घरि के खोतल्छौ जावो तिलका कुरा