+
+
-- Sponsored Ad --

नारायणहिटी राजदरबार हत्याकाण्डको २० वर्ष पुरा , कालो दिन बुधबार देवचुलीमा मनाइयाे ।

974 पटक हेरिएको
Clock २०७८ जेष्ठ १९, बुधबार २१:५५
-- Sponsored --

देवचुली वडा नं १६ रजहरमा नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको दिन आज बुधबार कालो दिनको रुपमा मनाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी देवचुलीले नेपालको इतिहासमा आज कालो दिन अर्थात् राजा विरेन्द्रको वंश बिनाश हुनेगरी नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको आज २० वर्ष पुरा भएको भन्दै रजहर चोकमा दिप प्रज्जवलन गरि कालो दिन मनाएका हुन ।

तत्कालीन राजा बिरेन्द्र र उनको स(परिवारलाई वि।सं। २०५८ साल जेठ १९ गते राती दरवारभित्र गोली हानि हत्या गरिएको थियो । उक्त गोलीकाण्डमा राजा विरेन्द्रको वंश नै सखाप गराइएको थियो ।

वि।सं। २०५८ सालमा आजकै दिन जेठ १९ को रात राजपरिवारका सदस्यहरुको पारिवारिक रात्रिभोज भएको बेलामा भएको यो हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको मृत्यु भएको थियो ।

घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेपनि आम जनमानषले अझै पनि त्यो कुरा स्वीकार गरेका छैंनन् । घटना अझै शंकास्पद र रहश्यास्पद छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win