५ महिनामै २ खर्ब २८ अर्बले बढ्यो विदेशी विनियम सञ्चिति

  • अर्थ
  • २०८० पुष २६, बिहीबार २१:३४

२६ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को ५ महिनामै विदेशी विनियम सञ्चिति करिब २ खर्ब २८ अर्बले बढेर नेपालको कुल बजेटभन्दा माथि पुगेको छ ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० मंसिर मसान्तमा आउँदा १४.८८ प्रतिशतले बढेर १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएको छ । मुलुकसँग रहेको कुल विदेशी विनियम सञ्चित चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको उक्त बजेटभन्दा माथि पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन हुँदा नेपाली मुद्रामा करिब १५ प्रतिशतले वृद्धि देखिएको विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा भने १३.६ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड डलर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० मंसिर मसान्तमा १३ अर्ब ३१ करोड डलर पुगेको छ ।

 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १५ खर्ब ५६ अर्ब २५ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ । २०८० मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आयातमा भएको संकुचन र विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धिले सञ्चिति पर्याप्तता सूचकमा पनि उल्लेख्य सुधार भएको छ । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

२०८० मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३२.८ प्रतिशत, कुल आयातसँगको अनुपात ९८.३ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपात २७.५ प्रतिशत पुगेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १७, बिहीबार २१:२२
    • 47 views
    १ हजार ६३ मेगावाट माथिल्लो अरुणमा भारत सकारात्मक, लगानी गर्न विश्व बैंक तयार

    १७ माघ, काठमाडौं । विश्व बैंकको ऋण सहयोगमा नेपालले निर्माण गर्न लागेको १ हजार ६३ मेगावाटको माथिल्लो अरुण परियोजना अघि बढाउन दिन भारत सकारात्मक बनेको छ । २ खर्ब ८५…

    विस्तृत.....

    • २०८१ पुष ८, सोमबार २२:१२
    • 47 views
    मंसिरसम्म भित्रिय २५ ‘हाइब्रिड’ गाडी ।

    ८ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म २५ (पेट्रोल–विद्युतीय) हाइब्रिड सवारीसाधन नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार २ हजार सीसीसम्मको ‘प्लग आउट’…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *