नारायणहिटी राजदरबार हत्याकाण्डको २० वर्ष पुरा , कालो दिन बुधबार देवचुलीमा मनाइयाे ।

देवचुली वडा नं १६ रजहरमा नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको दिन आज बुधबार कालो दिनको रुपमा मनाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी देवचुलीले नेपालको इतिहासमा आज कालो दिन अर्थात् राजा विरेन्द्रको वंश बिनाश हुनेगरी नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको आज २० वर्ष पुरा भएको भन्दै रजहर चोकमा दिप प्रज्जवलन गरि कालो दिन मनाएका हुन ।

तत्कालीन राजा बिरेन्द्र र उनको स(परिवारलाई वि।सं। २०५८ साल जेठ १९ गते राती दरवारभित्र गोली हानि हत्या गरिएको थियो । उक्त गोलीकाण्डमा राजा विरेन्द्रको वंश नै सखाप गराइएको थियो ।

वि।सं। २०५८ सालमा आजकै दिन जेठ १९ को रात राजपरिवारका सदस्यहरुको पारिवारिक रात्रिभोज भएको बेलामा भएको यो हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको मृत्यु भएको थियो ।

घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेपनि आम जनमानषले अझै पनि त्यो कुरा स्वीकार गरेका छैंनन् । घटना अझै शंकास्पद र रहश्यास्पद छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 85 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 23 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *