+
+
-- Sponsored Ad --

धादिङमा मलामी गएका तीन युवा बूढीगण्डकीले बगाएर बेपत्ता

628 पटक हेरिएको
Clock २०७८ जेष्ठ २६, बुधबार ०८:३६
-- Sponsored --

काठमाडौं :  धादिङको मैदीमा नदीले बगाएर तीन जना युवा बेपत्ता भएका छन्।

मंगलबार मलामी गएका ती युवा गर्मी भयो भनी बूढीगण्डकीमा नुहाउन पस्दा नदीले बगाएर बेपत्ता भएको धादिङ प्रहरीले जनाएको छ। 

चार जनालाई बगाएकोमा एक जना नदी बाहिर आउन सफल भएका छन्। बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका–२ मैदी, ठूलो चौरका अन्दाजी २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन्। बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको धादिङ प्रहरी प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिए। 

स्थानीय एक बृद्धको मृत्यु भएपछि जोगेटार नजिकैको घाटमा सदगत गर्न उनीहरू मलामी गएका थिए। शव नजलाउँदै उनीहरू नदीमा नुहाउन खोजेपछि अन्य मलामीले रोक्ने प्रयास पनि गरेका थिए।  शवको सदगत नगर्दै दु:खद् घटना भएपछि मलामीहरू शव जलाएर घर फिर्ता भएका छन्। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win