+
+
-- Sponsored Ad --

काठमाडौंमा सवारी साधनमा जोर–बिजोर प्रणाली हट्यो, उपत्यका प्रवेशका लागि प्रशासनको अनुमति चाहिने

436 पटक हेरिएको
Clock २०७८ असार २२, मंगलवार १३:०३
-- Sponsored --

काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा आजेदेखि जोर–बिजोर प्रणाली हटाइएको छ ।

माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न दिइएको छ । तर आजदेखि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो ।

माइक्रोको तेस्रो सिटमा चार–चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन ।

सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ । यसका साथै पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ ।

परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा भने असार ३१ गतेसम्मलाई थप गरिएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win